Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनको रत्ननगर नगरपालिकामा दुधे बच्चा छाडेर विदेश जान महिलालाई अनुमति नदिइने

चितवनको रत्ननगर नगरपालिकामा दुधे बच्चा छाडेर विदेश जान महिलालाई अनुमति नदिइने

इच्छाकामना न्युज

१८, आषाढ २०७८
चितवनको रत्ननगर नगरपालिकामा दुधे बच्चा छाडेर विदेश जान महिलालाई अनुमति नदिइने

चितवन, १८ असार । चितवनको रत्ननगर नगरपालिकाले आफ्नो बच्चा छाडेर विदेश जान खोज्ने महिलालाई अनुमति नदिने नीति पारित गरेको छ । शुक्रबार सम्पन्न नवौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममा आफूले जन्माएको बच्चा दुई वर्ष नहुँदै आमा–बुबा वा सासु–ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिइने उल्लेख छ ।

images

नगरपालिकाका प्रमुख नारायण बनले दूध खुवाउनुपर्ने आमाहरु विदेश जाँदा त्यसले समाज, बालबालिकामासमेत नराम्रो छाप परेकाले यसमा कडाइ गर्न लागिएको बताए ।

‘बालमैत्री नगरपालिकाको मापदण्ड पूरा गर्न पनि यो आवश्यक देखियो,’ नगरप्रमुख बनले भने, ‘त्योभन्दा पनि ठूलो कुरा बालबालिकाप्रति बाबुआमाले आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्न चुक्दा त्यसले भोलि समाजमा कस्तो प्रभाव पार्ला भन्ने कुरा अति महत्वपूर्ण छ ।’

नगरपालिकाले सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीतिलाई पनि कार्यान्वयनमा लैजाने जनाएको छ ।

नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत नगरसभाबाट पारित भएको छ । यस्तै रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७८र७९ को लागि एक अर्ब २६ करोडको बजेट पारित गरेको छ ।

images
प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - २१:१९:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology