मुग्लिन, १८ असार । अविरल वर्षासँगै झरेको पहिरोका कारण गएराति देखि नै अवरुद्ध मुग्लिन–नारायणगढ सडक आज पनि सुचारु हुन सकेन।
गएराति चारकिलो डाडाँ र पाँचकिलोमा खसेको पहिरो करिब १८ घण्टा पछि साँझ ७ बजेतिर एकतर्फी खुलाएपनि भरपुर २९ स्थित सेतिदोभानमा अर्को नयाँ ठूलो पहिरो खसेपछि पुनः सडक अवरुद्ध भएको हो।
अहिले उक्त सडकखण्ड पूर्ण रुपमा दुईतर्फी अवरुद्ध भएको छ भने सयौ सवारीसाधनहरु बिचमै अलपत्र परेको छ।
यस्तै मुग्लिन–नारायणगढ सडक खण्डको क्षेत्रमा यतिबेला निरन्तर वर्षा भैरहेको छ जसका कारण ८ बजे पाँचकिलो र चारकिलो डाडाँमा पुनः पहिरो झरिसकेको छ।