Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चारकिलो डाडाँमा पुनः पहिरो खस्यो, अवरुद्ध मुग्लिन–नारायणगढ सडक आज नखुल्ने सम्भावना

चारकिलो डाडाँमा पुनः पहिरो खस्यो, अवरुद्ध मुग्लिन–नारायणगढ सडक आज नखुल्ने सम्भावना

images

इच्छाकामना न्युज

१८, आषाढ २०७८
चारकिलो डाडाँमा पुनः पहिरो खस्यो, अवरुद्ध मुग्लिन–नारायणगढ सडक आज नखुल्ने सम्भावना
images

मुग्लिन, १८ असार । पहिरोका कारण गएराति देखि नै अवरुद्ध रहेको मुग्लिन–नारायणगढ सडकखण्ड १६/१७ घण्टा बितिसक्दा पनि अझै सुचारु हुन सकेको छैन। उक्त सडक खण्डको चारकिलो, पाँचकिलो, जलविरे, केरावारी लगायत आधा दर्जन भन्दा बढि स्थानमा पहिरो गएका कारण सडक अवरुद्ध रहेको हो।

३ वटा मेसिन प्रयोग गरेर पहिरो पन्छाई राजमार्ग सूचारु गराउने प्रयास भए पनि चारकिलो डाँडामा पुनः पहिरो झरेसँगै अवरुद्ध सडक आज नखुल्ने सम्भावना बढेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। पहिरोको उच्च जोखिम रहेको उक्त क्षेत्रमा वर्षा हुने र पुनः पहिरो झर्ने क्रम नरोकिएकोले पनि अवरुद्ध सडक सुचारु गराउन कठिन भएको प्रहरीले बताएको छ।

तस्विर सौजन्यः रञ्जिला आचार्य क्षेत्री

images
प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - १७:०२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology