Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोका कारण जाममा फसेको ट्रक माथि नै पहिरो खस्यो

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोका कारण जाममा फसेको ट्रक माथि नै पहिरो खस्यो

images

इच्छाकामना न्युज

१८, आषाढ २०७८
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोका कारण जाममा फसेको ट्रक माथि नै पहिरो खस्यो
images

मुग्लिन, १८ असार । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्डको जाममा फसेको ट्रक माथि नै पहिरो खसेको छ। उक्त सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ६ जलविरे नजिकै जाममा लामवद्ध रुपमा रोकिराखेको ट्रक माथि आज बिहान करिब ७ बजेतिर पहिरो खसेको हो।

पहिरोमा नारायणढबाट मुग्लिनतर्फ सामान बोकेर आउदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ। पहिरोले अर्को एउटा यात्रुबाहक बसमा समेत सामान्य क्षति पुर्‍याएको छ। उक्त राजमार्ग अहिले पूर्ण रुपमा दुईतर्फी नै बन्द रहेको छ। 

पहिरो पन्छाएर राजमार्ग सुचारु गराउन बिहानै देखि प्रहरी र सडक विभाग लागि परे पनि ठाउँ ठाउँमा गएको पहिरोका कारण राजमार्ग खुलाउन कठिन परिरहेको छ।

210547971_2933458953560434_4583223010423093468_n.jpg

बुधबारदेखि निरन्तर परिरहेको झरिका कारण पहिरो गैरहने भएकोले मुग्लिन–नारायणगढ सडकखण्ड पटक–पटक अवरुद्ध हुने गरेको छ। 

राजमार्ग अवरुद्ध हुदाँ सयौ सवारीसाधान राजमार्गमा नै अलपत्र परेको छ।

images
प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - ०७:४०:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology