गोरखा, १७ असार ।
गोरखाको पालुङटारमा कुखुराको खोरमा बाढी पस्दा तीन हजार कुखुरा पुरिएको छ ।
पालुङटार नगरपालिका २ का लक्ष्मण पन्तको कुखुराको फार्ममा बाढी पस्दा तीन हजार कुखुरा पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताउनुभयो । बिक्री गर्ने बेला भएको कुखुरा मरेपछि किसान चिन्तित छन् ।