गोरखा, १७ असार ।
गोरखाको पालुङटारमा एक परिवार खोलामा फँसेका छन् ।
पालुङटार नगरपालिका ९ बिर्दीका एक परिबार स्थानीय खारखोलाको बाढीमा फँसेका हुन् ।
अबिरल बर्षापछि आएको बिदी खोलाको बाढीले घर घेरेपछि स्थानीय झलक अधिकारीको परिबार बिहिबार बिहानैदेखि बाढीको बीचमा फँसेको स्थानीय ज्ञानबहादुर श्रेष्ठले जानकारी दिनुभयो।
खोलाको बाढीले धार परिवर्तन गरेर बिर्दीबजारतिर आएर घरलाई बीचमा पारेको उहाँले बताउनुभयो ।
झलकबहादुर अधिकारीको ७० बर्षकी आमा र तीन जना नातिनातिनी भेलको बीचमा फँसेको स्थानीय श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार दुई जना भने डोरीको सहायताले उद्धार गरिएको छ भने वृद्ध र बालबालिकालाई उद्धार गर्न नसकिएको उहाँले बताउनुभयो ।