Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

जनशक्तिको अभाबमा अनुदानमा आएका भेन्टिलेटर प्रयोग बिहिन 

जनशक्तिको अभाबमा अनुदानमा आएका भेन्टिलेटर प्रयोग बिहिन 

images

सिआईएन

१५, आषाढ २०७८
जनशक्तिको अभाबमा अनुदानमा आएका भेन्टिलेटर प्रयोग बिहिन 
images

विनोद शर्मा, सीआईएन, काठमाडौं, १५ असार । सरकारलाई कोरोनाको दोस्रो लहर सुरु भएसँगै दातृ निकायबाट एक सय ३७ भेन्टिलेटर र ३५ सय भन्दाबढी अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएका छन् । तर ६ सय भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर र ६७ वटा भेन्टिलेटर सरकारकै गोदाममा थन्किएका छन् भने अस्पतालमा पुगेका भेन्टिलेटर पनि प्रयोगविहीन छन् ।  

जिल्ला अस्पताल सिराहामा गएको बैशाखमा ४ वटा भेन्टिलेटर जडान गरियो । तर विशेषज्ञ जनशक्ति नभएका कारण ४ वटै भेन्टिलेटर प्रयोगमा आउन सकेन । दोस्रो लहर केही मत्थरको जस्तो देखिँदै गर्दा तेस्रो लहरको चर्चा छ । महत्वपूर्ण उपकरण थन्किएपछि चिकित्सकहरु नै चिन्तामा छन् । मेडिकल अधिकृत डा. विनय प्रभाकर राई जनशक्ति अभाबले सामानहरु प्रयोग गर्न नसकिएको बताउनुभयो ।

कञ्चनपुरको महाकाली प्रादेशीक अस्पतालमा १५ वटा भेन्टिलेटर छन् । त्यसमध्ये ४ वटा विरामीसँगै यताउता लैजान मिल्छ । ३ वटा जगेडामा राखिएको छ । १० वटा भेन्टिलेटर प्रयोगमा आए पनि चलाउन सक्ने जनशक्ति अभाव रहेको अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्ट बताउँनुहुन्छ ।  

कोरोना महामारीको पहिलो लहरको बेला प्राप्त भएका २ सय ८ भेन्टिलेटर र सरकारले किनेको २२ वटा समेतलाई गन्ने हो भने अहिलेसम्म झण्डै ४ सय भेन्टिलेटर सरकारसँग छन् । त्यसमध्ये ६७ वटा गोदाममा थन्किएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपुर्ति व्यवस्था शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले सीआईएनसंग बताउनुभयो ।

भेन्टिलेटर चलाउन क्रिटिकल केयर अर्थात जटिल हेरचाह सम्बन्धी विज्ञ स्वास्थ्यकर्मी आवश्यक पर्छ । स्वास्थ्य सेवा विभागका अनुसार भेन्टिलेटर चलाउन सक्ने विशेषज्ञको दरबन्दी सरकारी अस्पतालमा ८० मात्रै छ । त्यसमा पनि ५० पद रिक्त छन् ।

जनशक्ति उत्पादनको लागि काम भइरहेको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले बताउनुभयो र भेन्टिलेटर चलाउने जनशक्तिको अभाव भइरहको बेला कोरोनाको तेस्रो लहर जुनसुकै बेला पनि आउने विज्ञहरू बताउँछन्, जनशक्ति नभएकै बेला तेस्रो लहरले महामारीको रुप लियो भने भिन्टिलेटर गोदाममा थन्किने र नागरिकले अकालमा ज्यान गुमाउने अवस्था आउने भएकाले बेलैमा सचेत हुनुपर्दछ ।

images
प्रकाशित मिति :आषाढ १५, २०७८ मंगलवार - २१:२०:४३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology