Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना सङक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै हुने 

कोरोना सङक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै हुने 

images

इच्छाकामना न्युज

१५, आषाढ २०७८
कोरोना सङक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै हुने 
images

काठमाण्डौ, १५ असार । कोभिड–१९ सङक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना सङ्क्रमितको निःशुल्क उपचार हुने बताउनुभएको हो ।

कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजहरुमा असार १४ गतेसम्म भर्ना भई उपचाररत सङ्क्रमितको सोही मितिले १० दिनसम्मको मात्रै सोधभर्ना उपलब्ध गराउने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई सङ्क्रमितको उपचारमा सरकारले तोकभन्दा बढी शुल्क नलिन आग्रह समेत गरेको छ । सरकारले यसअघि विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग सेवा सम्झौता गरी सङ्क्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो । 

images
प्रकाशित मिति :आषाढ १५, २०७८ मंगलवार - २१:१५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology