Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आजदेखि २५ सिटको सार्वजनिक यातायात जोरबिजोर प्रणालीबाट चल्ने

आजदेखि २५ सिटको सार्वजनिक यातायात जोरबिजोर प्रणालीबाट चल्ने

images

इच्छाकामना न्युज

१५, आषाढ २०७८
आजदेखि २५ सिटको सार्वजनिक यातायात जोरबिजोर प्रणालीबाट चल्ने
images

काठमाडौं, १५ जेठ । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। जोर-बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको हो। कोरोना भाइरसका संक्रमित घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय सोमबार गरेका थिए।

उपत्यकाभित्र निषेधाज्ञा भने एक साता थप गरिएको छ। निषेधाज्ञाबीच नै सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिन लागिएको हो। २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायात सञ्चालन हुन पाउँछन्।

यसअघिदेखि नै निजी सवारी साधन पनि जोर-बिजोर प्रणालीअनुसार सञ्चालन हुँदै आएका छन्। गत वैशाख १६ देखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको थियो।

images
प्रकाशित मिति :आषाढ १५, २०७८ मंगलवार - ०८:१४:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology