Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सर्लाहीको लालबन्दीमा विकाशे बेथितिः  २ वर्ष अघि १० लाख खर्चेर बनाएको ढल पुरेर १४ लाख खर्चमा अर्को ढल निर्माण 

सर्लाहीको लालबन्दीमा विकाशे बेथितिः  २ वर्ष अघि १० लाख खर्चेर बनाएको ढल पुरेर १४ लाख खर्चमा अर्को ढल निर्माण 

images

इच्छाकामना न्युज

१४, आषाढ २०७८
सर्लाहीको लालबन्दीमा विकाशे बेथितिः  २ वर्ष अघि १० लाख खर्चेर बनाएको ढल पुरेर १४ लाख खर्चमा अर्को ढल निर्माण 
images

सर्लाही, १४ असार । सर्लाहीको लालबन्दी नगरपालिका ६ मा ढलमाथी ढल निर्माण गरिरहेको रहस्य खुलेको छ । करिब २ वर्ष पहिला नै बनेको ढलमाथी फेरी १४ लाख  खर्च गरेर ढल निर्माण गरिएको छ ।  २ वर्ष पहिला १० लाख खर्च गरेर निर्माण गरिएको ढललाई पुरेर फेरी १४ लाख खर्च गरेर ढल निर्माण गरिएको हो ।

लालबन्दी नगरपालिका ६ को उद्योग बाणिज्य संघ नजिकबाट पश्चीममा निर्माण गरिएको ढल पुरेर फेरी त्यसमाथी ढलान गरि ढल निर्माण गरिएको हो । वडा कार्यलयको रु १४ लाख रकमबाट निर्माण उपभोक्ता समिति मार्फत ढल पुरेर फेरी ढल निर्माण गरिएको हो ।

विगत २ वर्ष पहिला निमार्ण गरिएको ढल अहिले होचो भएकोले अहिले फेरी करिब सय मिटर ढल पुरी पुनः त्यसमाथी ढल निर्माण गरिएको लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार कार्कीले जानकारी दिए। उनका अनुसार ढलको पानी बाहिर नजाँदा पानी जमेर लामखुट्टे लाग्ने गरेकोले यस वर्ष पनि लगानी गर्नु परेको हो । 

यता, लालबन्दी नगरपालिकाका इन्जिनियर रोशन पण्डीतका अनुसार पहिला बनाइएको ढल गहिरो भएका कारण उत्त ढलको पानी बाहिर जान नसकेकाले अहिले फेरी त्यसलाई पुरेर त्यसभन्दा माथीबाट ढल निर्माण गरिएको हो । यसरी विकास निर्माणको नाममा वर्षको अन्तिममा आएर बजेट सकाउने परम्परा फेरी दोहोरिदाँ सो क्षेत्रका स्थानिय चिन्तति बनेका छन् ।

images
प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - २३:०६:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology