Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यमनमा बिद्रोही समुह र सुरक्षा फौजबीच भएको भिडन्तमा १ सय भन्दा बढिको मृत्यु 

यमनमा बिद्रोही समुह र सुरक्षा फौजबीच भएको भिडन्तमा १ सय भन्दा बढिको मृत्यु 

images

एजेन्सी

१३, आषाढ २०७८
यमनमा बिद्रोही समुह र सुरक्षा फौजबीच भएको भिडन्तमा १ सय भन्दा बढिको मृत्यु 
images

यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच भएका भिडन्तहरुमा परेर तीन दिनको अवधिमा कम्तीमा १११ जना यमनीको मृत्यु भएको छ ।  यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाही शुरु गरेपछि भएका यी भिडन्तमा दुबै तर्फबाट जनधनको क्षति भएको सरकारी स्रोतले जनाएको छ ।  

हुथी विद्रोहीहरुले मरिबलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन् । यो क्षेत्र उत्तरी यमनको सरकारी नियन्त्रणमा रहेको एक मात्र स्थान हो ।  बिहीवार र आज भएका लडाईमा सरकार समर्थित २९ जना सैनिकको मृत्यु भएको छ भने कम्तीमा ८२ जना विद्रोही मारिएको सरकारको दाबी छ ।  

यमन गृहयुद्धमा दशौं हजारको मृत्यु भइसकेको छ भने यमनका ८० प्रतिशतभन्दा बढी मानिस विदेशी सहायतामा निर्भर हुनु परेको छ । युद्धका कारण दशौं लाख व्यक्ति विस्थापित भएका छन् ।

images
प्रकाशित मिति :आषाढ १३, २०७८ आइतवार - १९:३२:५४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology