देवघाट, १२ असार ।
तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा मगरको विशेष पहलमा देवघाटको विभिन्न स्थानमा बसोबास गर्ने विपन्न वर्गका भुजेल समुदायलाई खाद्यान्न वितरण गरेको छ। फिड द हङ्गग्री नेपालको आयोजना तथा nepalese in hongkong को आर्थिक सहयोग र इन्ट्र्क क्लब अफ बालमिकी शिक्षा सदनको साझेदारीमा आज देवघाटका भुजेल समुदायका २ सय ४० घरधुरीलाई राहत वितरण गरेको हो।

देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले राहत वितरण कार्यक्रममा बोल्दै बिश्व महामारीको रुपमा फैलिएको कोबिड १९ कोरोना भाइरसको कारण दैनिक ज्यालादारी मजदुरहरुको लागी लक्ष्यित गरि राहत वितरण गरेकोमा फिड द हङ्गग्री नेपाललाई धन्यवाद दिए, साथै अध्यक्ष थापाले आगामी दिनहरूमा पनि यसरी नै विभिन्न संघ संस्थाहरु संग समन्वय गरि अगाडी बढ्ने बताए।

यस्तै राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बिश्व महामारीको रुपमा फैलिएको कोविड १९ कोरोना भाईरसको कारण निषेधाज्ञामा दैनिक ज्यालादारी मजदुरहरुको लागी चामल, दाल नुन तेल लगाएत खाद्यान्न सामाग्री सहयोगले केहि हद सम्म भए पनि समस्यमा परेका ब्याक्तीहरुलाई सहयोग पुग्ने फिड द हङ्गग्री नेपालका कोषाध्यक्ष प्रज्वल न्यौपाने बताए ।

सो कार्यक्रममा देवघाट ४ नम्बर वडा सदस्य पशुपति तिवारी, समाजसेवी सावित्री पौडेल, प्रेम बहादुर गुरुङ र इन्ट्र्क क्लब अफ बालमिकि शिक्षा सदनका अध्यक्ष अमृत ढकाल लगाएतको उपस्थिति रहेको थियो।
