Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भोलि देखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने

भोलि देखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने

images

इच्छाकामना न्युज

१२, आषाढ २०७८
भोलि देखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने
images

काठमाण्डौं, १२ असार ।
भोलि असार १३ गते देखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने नेपाल विद्युत प्राधिकरणले  जनाएको छ । आज शनिवार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागेकोले खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुने जनाएको छ ।  
सो प्रसारणलाइन बन्द भएपछि प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट बिद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरूका लागि छोटो समयका लागि बिद्युत कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ । 
निर्धारित समय अगावै प्रशारण लाइन जोड्ने काम सकिए सोही अनुसार  बिद्युत आपूर्ति गरिने जनाइएको छ । यसैबीच कुलेखानी जलाशयको पानी प्रयोग गरी सकेसम्म बिद्युत कटौती कम गर्ने प्रयासमा रहेको प्राधिकरणले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - १३:५३:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology