मुग्लिन, १० असार । नेपाल तरुण दल आँबुखैरेनीका अध्यक्ष विजय गुरुङले मुग्लिनमा निर्माणधिन अस्थायी ट्राफिक प्रहरीको भवन निर्माणका लागि ढुङ्गा सहयोग गरेको छ। उनले इच्छाकामना ५ मुग्लिन स्थित नयाँपुलको छेउमा नै बनिरहेको अस्थायी ट्राफिक प्रहरीको भवन निर्माणका लागि ढुङ्गा सहयोग गरेको हो।
उनले २ ट्याक्टर ढुङ्गा सहयोग गरेको भबन निर्माण समितिका अध्यक्ष सावित्री पुडासैनीले जानकारी दिए। साथै अध्यक्ष पुडासैनीले अस्थायी ट्राफिक प्रहरीको भवन निर्माणका लागि सहयोग गर्न सबैलाई आग्रह पनि गरे।