बिशालटार, १० असार । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि निति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।
यस्तै स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोहि बमोजिम गाउँपालिकाले आज सभामा आगामी आर्थिक वर्षको लागि निति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो।
गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि करिब ७९ करोडको बजेट प्रस्ताव गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराईले जानकारी दिए। उहाँका अनुसार सभामा गाउँपालिकाको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम समेत प्रस्तुत भएको छ।