Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

शिक्षा

चन्द्रोदय क्याम्पस विशालटारका कुशल रिजाल बने जिल्ला प्रथम

चन्द्रोदय क्याम्पस विशालटारका कुशल रिजाल बने जिल्ला प्रथम

इच्छाकामना न्युज

१५, आश्विन २०७७
चन्द्रोदय क्याम्पस विशालटारका कुशल रिजाल बने जिल्ला प्रथम
images

धादिङ, १५ असोज । धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ स्थित बिशालटारका रहेको चन्द्रोदय बहुमुखी क्याम्पसमा अध्ययनरत कुशल रिजाल जिल्ला प्रथम हुनुभएको छ।

images
images

त्रिभुवन विश्व विद्यालयद्वारा २०७६ सालको भाद्र महिनामा संचालित बीबीएस प्रथम वर्षको बोर्ड परिक्षाको हालै प्रकाशित नतिजामा ७०.८० प्रतिशत अंकका साथ रिजाल जिल्ला प्रथम हुनु भएको क्याम्पस प्रमुख योगेन्द्र सिलवालले बताउनु भयो।

यस क्याम्पसबाट बीबीएस प्रथम वर्षमा नियमित तर्फ २० जना विद्यार्थी सहभागी भएकोमा जिल्ला प्रथम कुशल रिजाल सहित सुमन सुनार, तिर्सना कडेल, अस्मिता विसुराल, भवानी कडेल र आराधना छत्कुली उत्तिर्ण हुनुभएको समेत क्याम्पस प्रमुख सिलवलले बताउनु भयो।

धादिङ जिल्लामा ११ ओटा सामुदायिक र ३ ओटा निजी गरि १४ ओटा क्याम्पसमा बीबीएस संकायमा पढाई हुंदै आईरहेको छ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०४:३९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology