Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

युरोकप फुटबलमा समूह चरणका खेल सम्पन्न 

युरोकप फुटबलमा समूह चरणका खेल सम्पन्न 

images

एजेन्सी

१०, आषाढ २०७८
युरोकप फुटबलमा समूह चरणका खेल सम्पन्न 
images

१६ औ संस्करणको युरोकप फुटबलका समूह चरणका खेलहरु सकिएका छन् । गएराति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएको हो । समूह चरणको खेल सकिएसँगै १६ टिम नकआउट चरणमा पुगेका छन् ।

गएराति भएको खेलमा हङ्गेरीसँग २—२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको छ । पोर्चुगलसँग २—२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको छ ।

गएराति नै भएको स्विडेन र पोल्याण्ड बीचको खेलमा भने पोल्याण्डलाई ३—२ गोल अन्तरले पराजित गर्दै स्विडेन समूह विजेता बनेको हो ।

स्लोभाकिया र स्पेनबीचको खेलमा भने स्पेन विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको छ । नकआउट चरणको खेलभने आगामी शनिबारबाट सुरु हुनेछन् । 

images
प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - ११:२५:५८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology