इथियोपियाको सरकारी हवाई फौजले गरेको आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने ४० जना भन्दा बढी घाइते भएका छन् । इथियोपियाको हवाई फौजले राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको बिबीसीले लेखेको छ ।
इथियोपियाको सेनाले गैर सैनिकहरूलाई निशाना नबनाएको बताउँदै आफ्नो हमलाले ‘आतङ्कवादी’लाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ। टिग्रेको विद्रोही सेनाले हालैका दिनमा आफूहरूले प्रगति गरिरहेको बताउँदै आएका थिए। इथियोपियाको सरकारले त्यसलाई अस्वीकार गरिरहेको थियो।
रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आइसीआरसीले आफूले घाइते व्यक्तिहरूको उद्धारमा सघाएको जनाएको छ। संयुक्त राष्ट्रसङ्घले भने इथियोपियाको सरकारलाई हवाई हमलाका विवरण बारे अनुसन्धान गर्न भनेको पनि बिबिसीमा उल्लेख छ ।