काठमाण्डौ, १० असार । नेपाल आयल निगमले पेट्रोलियमपदार्थको भाउफेरि बढाएको छ। गत जेठ २२ गते मात्र निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको थियो। निगमले गएरातिबाट लागु हुने गरी मूल्य समायोजन गरेको जनाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको छ । आन्तरिक तर्फको हवाइ उडानमा निगमले दुई रुपैयाँ बढाएको छ ।
समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १ सय २७, डिजेल १ सय १० र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य अब ८२ रुपैयाँ पुगेको छ। निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाइ इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर २० ले बढाएको छ।