Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

काँग्रेसको आगामी नेतृत्वका लागि नेताहरू दौडधुपमा 

काँग्रेसको आगामी नेतृत्वका लागि नेताहरू दौडधुपमा 

images

इच्छाकामना न्युज

१०, आषाढ २०७८
काँग्रेसको आगामी नेतृत्वका लागि नेताहरू दौडधुपमा 
images

काठमाण्डौ, १० असार । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति निश्चित भएसँगै नेताहरूको दौडधुप सुरु भएको छ । सभापति शेरबहादुर देउवाले फेरि दोहरिने आकाङ्क्षासहित भेटघाट तीव्र पारेपछि देउवाकै पक्षमा रहेका नेताहरूले पनि नेतृत्वका लागि छलफल गरिरहेका छन् ।

काँग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ। नेता विमलेन्द्र निधीले पनि आफू सभापतिको दौडबाट पछि नहट्ने बताइसक्नुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा दावी गर्ने आगामी रणनीति बनाउन नेताहरूसँगको भेटघाटलाई तीव्रता दिनुभएको छ ।

नेता पौडेलले महाधिवेशन केन्द्रित छलफलका लागि आफू पक्षीय नेताहरूको बैठक आजका लागि बोलाउनु भएको छ । दिउँसो २ बजेपछि काठमाडौँको एक पार्टी प्यालेसमा बैठक बोलाइएको केन्द्रीय सदस्य गुरूराज घिमिरेले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - ११:१४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology