Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बिवाहबारे मलाला युसुफजाईको टिप्पणी पाकिस्तानमा विवादित बन्यो

बिवाहबारे मलाला युसुफजाईको टिप्पणी पाकिस्तानमा विवादित बन्यो

images

एजेन्सी

९, आषाढ २०७८
बिवाहबारे मलाला युसुफजाईको टिप्पणी पाकिस्तानमा विवादित बन्यो
images

नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाई ले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ । भोग पत्रिकामा दिएको एक अन्तर्वातामा बिवाहबारे मलालाको टिप्पणीले धार्मिक कट्टरवादी मुलुक पाकिस्तानमा तरंग पैदा भएको छ ।

अन्तर्वातामा बिबाहबारे सोधेको प्रश्नमा मलालाले बिवाहको बन्धनमा बाँधिन पर्ने किन बाध्यता हुन्छ भनेर प्रतिप्रश्न गरेकी थिईन् । बिवाहको बन्धनमा हस्ताक्षर नगरेर कोही व्याक्तिसँग साझेदारीमा किन बस्न सकिँदैन भनेर मलालाले टिप्पणी गरेपछि पाकिस्तानमा आलोचना भएको हो ।

धार्मिक मुलुक पाकिस्तानमा २५ बर्ष भन्दा बढी उमेरका करिब ८६ प्रतिशत महिलाहरु विवाहित भइसकेका हुन्छन् । पाकिस्तानको खैबर पख्तुन्खवा प्रान्तमा एक धार्मिक नेताले मलालाको टिप्पणीपछि उनीमाथि हिंसात्मक आक्रमण गर्ने धम्की दिएपछि पक्राउ परेका छन् ।

पाकिस्तानमा बिवाहको असमान मान्यता बिरुद्ध आवाज उठाउँदा परम्परा बिरोधी तथा पश्चिमीकरणको संज्ञा दिईने साराह खानले द वासिंगटन पोष्टमा टिप्पणी गरेकी छन् । नोबेल पुरस्कारले सम्मानित मलाला पाकिस्तानमा महिला शिक्षा अधिकारको वकालत गर्दै आएकी छन् । स्रोत याहु न्युज

images
प्रकाशित मिति :आषाढ ९, २०७८ बुधवार - ०९:१८:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology