Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेपालमा देखिएको डेल्टा भेरिएन्टको नयाँ म्युटेशन फेला परेको पुष्टि 

नेपालमा देखिएको डेल्टा भेरिएन्टको नयाँ म्युटेशन फेला परेको पुष्टि 

images

इच्छाकामना न्युज

७, आषाढ २०७८
नेपालमा देखिएको डेल्टा भेरिएन्टको नयाँ म्युटेशन फेला परेको पुष्टि 
images

काठमाण्डौ, ७ असार । नेपालमा कोरोना भाइरसको डेल्टा भेरिएन्टमा नयाँ म्युटेसन फेला परेको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा देखिएको डेल्टा भेरिएन्टको नयाँ स्वरुप फेला परेको हो ।

भारतको नयाँदिल्ली स्थित इन्स्टिच्युट अफजिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताउनुभयो ।

उहाँले देशका विभिन्न भागबाट विभिन्न उमेर समूह र लिङ्गलाई प्रतिनिधित्व हुने गरी राष्ट्रिय प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म ४८ वटा नमुना सङ्कलन गरेको जानकारी दिनुभयो ।

४७ वटा डेल्टा भेरिएन्ट मध्य ९ वटा नमुनामा के ४१७ एन म्युटेसन भेटिएको डा. पौडेलले पुष्टि गर्नुभएको छ । उहाँका अनुसार भारतमा पनि यो भेरिएन्ट फेला परिसकेको र डेल्टा प्लस भनेर पनि नामाकरण गरिएको हो ।

हाल देखिएको यो म्युटेसन डेल्टा भेरियन्टभन्दा अझ सङ्क्रामक हुन सक्ने भएकाले सरकारले सबैलाई थप सावधानी अपनाउन आग्रह गरेको छ ।

images
प्रकाशित मिति :आषाढ ७, २०७८ सोमवार - २०:००:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology