Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कथित सामाजिक अभियान्ता भनिने ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गर्‍यो

कथित सामाजिक अभियान्ता भनिने ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गर्‍यो

images

इच्छाकामना न्युज

६, आषाढ २०७८
कथित सामाजिक अभियान्ता भनिने ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गर्‍यो
images

काठमाडौं, ६ असार । अभद्र व्यवहार गरेको आरोपमा सामाजिक अभियान्ता भनेर सामाजिक सञ्जालमा प्रचार गर्दै आएकी ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन् । खुस्बु घिमिरेले अभद्र व्यवहार गरेको आरोपमा गरेको उजूरीको आधारमा प्रहरीले ज्वाला (टीका संग्रैला)सँगै हिमाल उपाध्याय र शर्मिला बाइबालाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु भएको छ ।

केही दिन अगाडि प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रङ्गभेदी अभिव्यक्ति दिएको भन्दै उनको विरोध भएको थियो । उनीहरुविरुद्ध मधेसी आयोगमा बुधबार उजूरी परेको थियो । सामाजिक अभियान्ताको भेसमा ठगी गरेको भन्दै उनीहरुको आलोचना हुने गरेको छ ।

ज्वालाको समूहसँगै प्रहरीले घिमिरे समूका दुई जनालाईसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैमाथि अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ ।

images
प्रकाशित मिति :आषाढ ६, २०७८ आइतवार - २२:४५:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology