कुरिनटार, ६ असार । वागमती प्रदेश सांसद घनश्याम दाहालले इच्छाकामनामा निर्माणधिन विभिन्न आयोजनाहरुको अनुगमन गर्नुभएको छ । शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति समेत रहनुभएका दाहालले आज फिस्लिङ खानेपानी आयोजना, फिस्लिङ गुम्बा,सामुदायिक भवन चुम्लिङ्गटार ,कुरिनटार खेलकुद मैदान, शर्वशान्ति क्याम्पसको अनुगमन गर्नुभएको हो ।
आर्थिक बर्ष २०७७/७८ मा प्रदेश सभाबाट विभिन्न आयोजनाका लागि रु. ८ करोड विनियोजन भई काम भइरहेको छ ।

सडक निर्माण खानेपानी विद्यालय भवन, सामुदायिक भवन निर्माण लगायत रहेका छन् । साथै इच्छाकामना कै एक मात्र क्याम्पस शर्वशान्ति क्याम्पसमा विध्यार्थीलाई आकर्षित पार्न सक्ने प्राविधिक शिक्षाको लागि पहल गर्न जोड दिनु भएको छ ।
अनुगमनमा सांसद दाहालसहित वडा नम्बर ३ का वडाध्यक्ष गोवर्धन अधिकारी, वडा नम्बर ४ का वडा सदस्य बाबुकाजी त्रिपाठी ,नेकपा माओवादी केन्द्र चितवनका सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, जिल्ला सदस्य सावित्री सिलवाल, हरि थपा लगायत रहेका थिए ।