Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्लाही ट्राफिकद्धारा जेठमा करिब २० लाख राजश्व संकलन

सर्लाही ट्राफिकद्धारा जेठमा करिब २० लाख राजश्व संकलन

एसपी गौरब

६, आषाढ २०७८
सर्लाही ट्राफिकद्धारा जेठमा करिब २० लाख राजश्व संकलन

सर्लाही, ६ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरुलाई कारबाही गरी करिब २० लाख राजश्व संकलन गरेको छ । जेठ महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले २ हजार वटा सवारी साधनलाई कारवाही गरी रु १९ लाख ८९ हजार राजश्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरिक्षक केदारमान दोङले बताउनु भयो ।

images

जिल्लामा १ हजार ६२ वटा ट्रक, ३ सय २० वटा कार,जिप र भ्यान,९ वटा ट्याक्टर,६ सय ६ वटा मोटरसाईकल र अटो टेम्पो लगायत अन्य गरी ३ वटालाई कार्बाही गरि सो मात्रामा राजश्व संकलन गरेको हो ।

१ हजार ६२ वटा ट्रकलाई कार्बाही गरी रु १३ लाख ४७ हजार, ३ सय २० वटा कार,जिप र भ्यानलाई कार्बाही गरी २ लाख ४७ हजार, ९ वटा ट्याक्टरलाई कार्बाही गरी रु ६ हजार,६ सय ६ वटा मोटरसाईकललाई कार्बाही गरी रु ३ लाख ८७ हजार ५ सय र अटो टेम्पो लगायत अन्य गरी ३ वटालाई कार्बाही गरि रु १ हजार ५ सय गरी कुल १९ लाख ८९ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

वैशाख महिनामा ९ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ६ जना गंभिर घाईते र १ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरिक्षक दोङले जानकारी दिनु भयो ।

जसमा सबै भन्दा बढी मोटरसाईकल ७ वटा र ट्याक्टर २ वटा दुर्घटना भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरिक्षक दोङले बताउनु भयो । ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी ट्रक कारवाहीमा परेका ट्राफिक प्रहरी प्रमुख दोङले बताउनु भयो ।

ओभरलोड, प्रायोजन विपरीत प्रयोग भएका सवारी साधन, दुई जनाभन्दा बढी चढेका तथा हेल्मेट नलगाई र आवश्यक कागजात नबोकी चलाएका सवारी साधनहरुलाई कारवाही गरिएको उहाँले बताउनु भयो ।

ट्राफिक प्रहरीले वैशाख महिनामा २० लाख ६३ हजार राजश्व संकलन गरेको थियो भने जेठ महिनामा कार्बाही घटेका कारण राजश्वमा पनि केही कमि आएको ट्राफिक प्रहरीले जनाएको छ । सर्लाही ट्राफिक प्रहरीले जिल्लाको सवारी व्यावस्थापनमा निकै चासोका साथ काम गरेको छ ।

भारतिय नम्बरका सवारी साधनको हालीमुहाली रहेको सर्लाहीमा पछिल्लो समयमा त्यस्ता सवारी साधनहरु निकै कम भएका ट्राफिक प्रहरीले दाबी गरेको छ । ट्राफिक प्रहरीका अनुसार कोरोना भाइरसका कारण सिमानाका लगायत जिल्लामा निषेआज्ञा लागु भएपनि राजश्व र कार्बाहीलाई निरन्तरता दिएको छ ।

images
प्रकाशित मिति :आषाढ ६, २०७८ आइतवार - ०९:२६:४७ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology