Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

युरोकप फुटबलमा आजदुई खेल हुँदै 

युरोकप फुटबलमा आजदुई खेल हुँदै 

images

एजेन्सी

६, आषाढ २०७८
युरोकप फुटबलमा आजदुई खेल हुँदै 
images

१६ औँसंस्करणको युरोकप फुटबलमा आजदुई खेलहरू हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ’ए’ को दुई खेल हुन लागेको हो । इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की बीच आज खेल हुनेछ ।

रोममा घरेलु टिम इटालीले वेल्ससँग राति ९ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । यो खेलमा इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहनेछ । वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्ने रणनीतिका साथ मैदानमा उत्रनेछ ।

अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीचप्रतिस्पर्धा हुनेछ । बाकुमाहुने खेल राति ९ः४५ बजे नै सुरु हुनेछ ।

गएराति भएको खेलमा साविक विजेता पोर्चुगल माथि जर्मनीले सानदार जित निकालेको छ । म्युनिखमा गएराति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

स्पेन भने बराबरीमा रोकिएको छ । गएरातिको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको हो । समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । हंगेरीको बुडापेस्टमा भएको खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको हो । 

images
प्रकाशित मिति :आषाढ ६, २०७८ आइतवार - ०९:२४:०१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology