Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मेलम्चीका जनप्रतिनिधिले राहतकोषमा रकम जम्मा गरे

मेलम्चीका जनप्रतिनिधिले राहतकोषमा रकम जम्मा गरे

images

इच्छाकामना न्युज

६, आषाढ २०७८
मेलम्चीका जनप्रतिनिधिले राहतकोषमा रकम जम्मा गरे
images

देवराज सुवेदी, सिन्धुपाल्चोक, ७ असार । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढी पीडित राहत तथा पुनस्र्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

वडा समितिको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष कृष्ण प्रसाद चौलागाईँले जानकारी दिनुभयो । कोषमा वडाध्यक्ष कृष्ण प्रसाद चौलागाईले २६ हजार ७३० रूपैयाँ जम्मा गर्नुहुनेछ ।

कार्यपालिका सदस्य सावित्री कार्कीले १२ हजार ८ सय ७० रूपैयाँ, वडा सदस्यसरू भिमसेन खतिवडा, खम्बासिं तामाङ्ग र शान्ती नेपालीले प्रति व्यक्ति ९ हजार ९ सय रूपैयाँ कोषमा जम्मा गर्नुहुनेछ । असार १ गते राति मेलम्चीखोला र ईन्द्रावती खोलामा आएको अकल्पनीय बाढीले मेलम्ची नगरपालिकाको वडा नं ६, ७, ८, ९, १० र ११ मा ठूलो धनजनको क्षति पु¥याएको छ ।

images
प्रकाशित मिति :आषाढ ६, २०७८ आइतवार - ०९:१५:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology