Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने 

तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने 

images

इच्छाकामना न्युज

५, आषाढ २०७८
तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने 
images

दोलखा, ५ असार । चीनमा हावाहुरीसहित एक्कासी परेको भारी वर्षाका कारण लेदोसहितको पहिरोले नदीको बहाव रोक्ने भएकाले तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो । आज बिहानसम्म अवस्थाउस्तै रहेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो ।

पहिरोका कारण थुनिएको नदीको बहाव अहिलेसम्म नखुलेको जानकारी आएकाले तामाकोशीमा पनि पानीको बहाव स्थिर रहेको उहाँको भनाइ छ । नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङ्ग्री काउन्टीको रोङ्गसीया शहर र त्यसआसपासमा भारी वर्षासँगै पहिरो जाँदा स्थानीय नदी थोनिएको बताइएको छ ।

थुनिएको नदीको बहाव कुनै पनि बेला खुलेर तामाकोशी नदीमा बाढी आउन सक्ने जोखिम छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०७८ शनिवार - १०:५१:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology