Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेपालमा झण्डै ४० प्रतिशत बस्ती नदी किनारमा

नेपालमा झण्डै ४० प्रतिशत बस्ती नदी किनारमा

images

सिआईएन

४, आषाढ २०७८
नेपालमा झण्डै ४० प्रतिशत बस्ती नदी किनारमा
images

सुसिला श्रेष्ठ, काठमाण्डौ, ४ असार । सरकारको एकिन तथ्याङ्क नभेटिए पनि, भुगर्वविद्का अनुसार नेपालमा झण्डै ४० प्रतिशत बस्ती नदी किनारमा छ । ति बस्तीहरुमा ५० लाख भन्दा धेरै मानिसहरुको बसोबास रहेको सामान्य अनुमान लगाउन सकिन्छ ।

त्यस्ता बस्तीहरु हरेक बर्खामा बाढीको उच्च जोखिममा रहन्छन् । तथ्याङ्क विहिन सरकार ति नागरिकको अबस्थाबारे खासै जानकारी राख्दैन ।  पर्वत फर्सेका सुनिता परियारको आगन भन्दा झण्डै ५० मिटर पर कालिगण्डकी बग्छ । हिउँदमा ओछ्यानबाटै नदीको कलकल बगेको सुन्न सकिन्छ । तर बर्खामा त्यही नदीको आवाज कहाली लाग्दो हुन्छ ।

पाखो छेउबाट बग्ने खहरे पनि बर्खाको बेला घरै थर्काएर बग्छ । पानी परुन्जेल सुनिताको ७ जनाको परिवार राम्रोसँग निदाउन पाउँदैन ।  मेलम्ची नगरपालिका वडा नम्वर ११ का लक्ष्मी गौतमको परिवारको अवस्था पनि खासै फरक छैन । इन्द्रवती नदीको सय मिटर वारी र पारी दुवै तिर उहाँको घर छ । दुई दिन अघिको बाढीले खालापारीको घर पुरिसक्यो भने, वारी घरको आँगनबाटै भेल बगेको छ ।

बिस्थापित हुनुभएका लक्ष्मीको दुई दिनयता भोक निन्द्रा हराएको छ ।  नदी तटमा रहेका बस्तीहरु बाढी तथा नदिजन्य विपद्को पहिलो जोखिममा हुन्छन् । नेपालमा यस्ता कति बस्ती छन् भन्ने तथ्याङ्क सरकारले अहिलेसम्म राखेको छैन । तथ्याङ्कै नभएपछि सरकारले कसरी नागरिकलाई जोगाउँछ त ?

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्व प्रकाश अर्याल यसको लागि सरकारले काम गरिरहेको बताउनुभयो ।  गत वर्ष बाढीका ९७ वटा घटनामा ४२ जनाको मृत्यु भएको थियो भने ३७ जना बेपत्ता भएका थिए । बाढीमा परी घाईते हुनेको सङ्ख्या ११ थियो । बिस्थापित भएका थुप्रै नागरिक अहिले पनि घर विहिन छन् ।

नेपालमा केही स्थानीय तहले मात्रै नदी किनारमा घर तथा बस्ती निर्माणको लागी मापदण्ड बनाएका छन् । सबै स्थानीय तहले मापदण्ड बनाउन सके र सोही अनुसार घर निर्माण गरे नदीजन्य विपद्का घटनाबाट जोगिन सकिने विज्ञहर बताउँछन् ।  

images
प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - २०:२८:०७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology