Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

त्रिपालकै भरमा सीमाको सुरक्षा गर्छन् सशस्त्र प्रहरीहरू

त्रिपालकै भरमा सीमाको सुरक्षा गर्छन् सशस्त्र प्रहरीहरू

इच्छाकामना न्युज

४, आषाढ २०७८
त्रिपालकै भरमा सीमाको सुरक्षा गर्छन् सशस्त्र प्रहरीहरू
images

बर्दिया, ४ असार  । कोभिड महामारीका बेला सिमानामा हुने अवैध मानवीय आवतजावत रोक्न खटिएका सशस्त्र प्रहरीहरू त्रिपालकै भरमा सीमा सुरक्षा गर्न बाध्य छन्। वर्षाद्को मौसम नजिकिंदै गर्दा हिलो, हावाहुरी, सर्पलगायत हिंस्रक वन्यजन्तुसँग सामना गर्दै सीमा रक्षकहरू त्रिपालकै जोखिमकाबीच सेवा दिइरहेका छन्।

images
images

बर्दियाको ८३ किलोमिटर सिमाना क्षेत्र खुला छ। खुला सिमाना भएकै कारण सीमा सिल नभएको अवस्थामा मानवीय ओहोरदोहोर अत्यधिक हुने गर्छ। सीमावर्ती स्थानीय किनमेल, औषधि उपचारलगायत पारिवारिक सम्बन्धका कारण आवतजावत गर्ने गर्छन्।

कोभिड नियन्त्रणलाई लक्षित गर्दै सीमा सिल गरिएका कारण मानवीय ओहोरदोहोर हुन छाडेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए।

‘बर्दियातर्फको सीमावर्ती क्षेत्रमा जमुनी, कण्ठपुर, कट्टी, कालाबञ्जर, धर्मबस्ती, भग्रैया, धनौरा, राजापुरमा गरी ८ वटा स्थायी बीओपीमार्फत सुरक्षा दिँदै आएका छौं’, उनले भने।अस्थायी रूपमा ७ वटा फरवार्ड बेस व्यवस्थित रूपमा सञ्चालनमा छन्। ६ वटा अस्थायीपोस्टहरूत्रिपालको भरमा छन्। एउटा हाइपोस्ट खडा गरिएको छ।पहिलो चरणमा ८ वटा बीओपी स्थापना भइसकेको छ। दोस्रो चरणमा बीओपी राख्नको लागि स्वीकृत भइसकेको छ तर संख्या यकिन भएको छैन। सिमानामा २९ वटा बीओपी आवश्यक पर्ने भएकाले सोही अनुरूप माग गरिएको उनले बताए।

केही अस्थायी पोस्टहरू त्रिपालमा चलाउनु परेको छ। त्यस्ता पोस्ट भएका एरियाहरू जंगल क्षेत्रमा पर्ने भएकाले पनि समस्या परेको हो। एसपी रावतले थपे, ‘पानी, हावाहुरीको समस्या त छँदैछ। सर्प, हात्ती, बाघलगायतका जंगली जनावरहरूले पनि सुरक्षाकर्मीलाई त्रास दिइरहेका हुन्छन्। हामीले त्रिपाल पटकपटक फेर्छौं, हावाहुरीले च्यातिदिन्छ। च्यातिएका त्रिपालहरू पानीपर्दा चुहिन्छन्। त्रिपाल त त्रिपालै हो। जति फेरेपनि उस्तै। तर पक्की पोस्ट भइदिए सुरक्षाकर्मी अन्य समस्या र त्रासबाट मुक्त हुनेथिए।’

जंगल क्षेत्रका सिमानामा ड्युटी दिने सशस्त्र प्रहरीका लागि फलामको बिट बनाए सुरक्षित हुने सीमावर्ती श्रीमथुरा हरिद्वार आधारभूत विद्यालय मद्राजपुरका प्रधानाध्यापक सुदन घिमिरेले बताए। सीमा सुरक्षामा त्रिपालमा खटिएका सुरक्षाकर्मीलाई बस्न मिल्ने बेन्चहरूसहित सुरक्षित ओतिने ठाउँ आवश्यक छ।

वर्षाद्को समय भएकाले जंगल नजिकै रहेका पोस्टहरूमा बाढीलगायत वन्यजन्तुको चुनौती पनि उत्तिकै छ। त्रिपालहरू विस्थापितगर्दै सुरक्षित पोस्ट बनाउन सबैले पहल गर्नुपर्ने प्रअ घिमिरेको भनाइ छ। समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा यादव आचार्यले लेखेका छन ।

images
प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - ०९:२७:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology