आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ । आज बिहान भएको खेलमा पेरुलाई ४–० गोल अन्तरले पराजित गर्दै ब्राजिल विजयी भएको हो ।
ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक एक गोल गर्नुभयो । खेलको १२ औँ मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो ।
खेलको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाउँदा खेलको ८९ औँ मिनेटमा एभर्टनले गोल गर्दा ब्राजिलले ३–० को अग्रता बनायो । त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४–० को सानदार जित दिलाउनुभयो ।