Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

युरो कपमा आज पनि बिभिन्न ३ खेलहरू हुँदै 

युरो कपमा आज पनि बिभिन्न ३ खेलहरू हुँदै 

images

एजेन्सी

४, आषाढ २०७८
युरो कपमा आज पनि बिभिन्न ३ खेलहरू हुँदै 
images

१६ औँ संस्करणको युरोकप फुटबलमा आज तीन खेलहुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीचसाँझ ६ः४५ बजे प्रतिस्पर्धा सुरु हुनेछ ।

पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक एकअर्काविरुद्ध भिड्ने छन् । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो । आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्ड प्रतिस्पर्धा गर्ने छन् । खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

यसैबीच गएराति भएको खेलमा भने बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ । कोपनहेगनमा गए राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो । 

गएराति नै भएको खेलमा नेदरल्यान्ड्सले अष्ट्रियालाई २–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । 

images
प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - ०९:१३:०२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology