Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

पानीजन्य रोग फैलिनसक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह 

पानीजन्य रोग फैलिनसक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह 

इच्छाकामना न्युज

४, आषाढ २०७८
पानीजन्य रोग फैलिनसक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह 

काठमाण्डौ, ४ असार । बाढीपहिराको जोखिमसँगै पानीजन्य रोगको जोखिम हुने भएकाले सचेतता अपनाउनस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले बाढीपहिरोको जोखिमसँगै लामखुट्टेले सार्ने रोग तथा सरफाइसम्बन्धी जनस्वास्थ्यका समस्या बढ्ने भएकाले आवश्यक सजगता अपनाउन अनुरोध गरेको हो । 

images

मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार उद्धार, राहत आदि कार्यमा जुट्दा कोभिड १९ विरुद्ध जनस्वास्थ्यका मापदण्डको ख्याल गरी पालना गराउन, सफा पिउने पानीको प्रबन्ध गर्न, उपयुक्त गाँसबाँसको प्रबन्धसँगै सरसफाईमा ध्यान दिन अनुरोध गर्नुभयो । 

लामखुट्टेको टोकाइबाट बच्ने उपायमा ध्यान दिन ध्यानकर्षण गराउँदै मन्त्रालयले जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधि, उपकरण, स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि प्रयास गरिरहेको जनाएको छ । 

स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, प्रदेशका सम्बन्धित निकाय मार्फत आपतकालीन केन्द्रले समन्वयको व्यवस्था गरिरहेको जानकारी दिँदै अधिकारीले वर्षायामको सुरुआतसँगै सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, बाजुरा, डोटीलगायतका जिल्लामा भएको क्षति एवम् सर्वसाधारणको दुःखद निधनले मन्त्रायल स्तब्ध भएको विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ । 

images
प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - ०९:०७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology