Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

विपद् व्यवस्थापनको अधिकार स्थानीय तहलाइ, जनप्रतिनिधिहरू भने अलमलमा 

विपद् व्यवस्थापनको अधिकार स्थानीय तहलाइ, जनप्रतिनिधिहरू भने अलमलमा 

images

इच्छाकामना न्युज

१, आषाढ २०७८
विपद् व्यवस्थापनको अधिकार स्थानीय तहलाइ, जनप्रतिनिधिहरू भने अलमलमा 
images

सीता शर्मा, काठमाडौ, १ असार । संविधानले विपद् व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको छ । जसअनुसार स्थानीय तहले विपद्सम्बन्धी नीति, कानुन बनाएर कार्यान्वयन गर्न सक्छन् । यसवर्ष धेरै वर्षा हुने भएपछि स्थानीय तह पनि तयारीमा जुटेका छन् ।

रसुवाको कालिका गाउँपालिका वडा न १ र ३ नम्बर वडाका गरी २८ घरपरिवार पहिरोको जोखिममा छन् । उनीहरूलाई स्थानान्तरणका लागि जिल्ला प्रशासनमार्फत संघ सरकारलाई जानकारी गराएको पनि १ वर्ष बितिसकेको गाउँपालिका अध्यक्ष सीता कुमारी पौडेल अधिकारी बताउँनुहुन्छ ।  

म्याग्दीको माालिका गाउँपालिकामा अघिल्लो वर्ष पहिरोमा परी १० जनाको मृत्यु भयो । ६३ घरमा पूर्ण क्षती पुग्यो । सम्भावित विपद्लाई ध्यानमा राखि यो वर्ष पुर्वतयारी थालेको  गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरको भनाइ छ ।

वर्खा सुरु हुँदै गर्दा स्थानीय तहहरू कतिपय विपद् व्यवस्थापन कोषमा रकम जुटाउन तल्लिन छन् भने कतिपयले अस्थायी बास व्यवस्थापन र सम्भावित जोखिमयुक्त स्थान पहिचान गरिरहेका छन् । धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद सिलवाल जोखिम न्युनिकरण गर्नको लागि काम गरिरहेको बताउँनुहुन्छ ।  

कतिपय स्थानीय तह विपद् आइहाले आवश्यकता अनुसारका सबै काम गर्ने बताउँछन् तर अहिले नै गर्नुपर्ने केही ठान्दैनन् । उनीहरूलाई सुझाव दिँदै भूगर्भविद प्रा डा विशालनाथ उप्रेती भन्नुहुन्छ ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ मा प्रत्येक स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति गठन, व्यवस्थापन कोष गठन, परिचालनसम्मको अधिकार छ । तर प्राप्त अधिकार कार्यान्वयनका लागि कतिपय जिल्लामा जनप्रतिनिधिहरू नै अलमलमा देखिन्छन् ।

images
प्रकाशित मिति :आषाढ १, २०७८ मंगलवार - १८:३०:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology