Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले मापसे गरेको प्रमाणित, गल्ती स्वीकार्दै मिलापत्र

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले मापसे गरेको प्रमाणित, गल्ती स्वीकार्दै मिलापत्र

इच्छाकामना न्युज

३१, जेठ २०७८
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले मापसे गरेको प्रमाणित, गल्ती स्वीकार्दै मिलापत्र
images

सुर्खेत, ३१ जेठ । गत शुक्रबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा स्थानीय गाउँलेसँग राती ९ देखि २ बजेसम्म भिडन्त गरेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले मादक पदार्थ सेवन गरेको प्रमाणित भएको छ ।

images
images

सोही राती अस्पतालमा उपचारको क्रममा प्रहरीले गरेको मापसे चेक जाँचमा ब्रेथलाइजरले मादक पदार्थ सेवन गरेको पुष्टि भएको हो ।

तर शाहीले आफूहरुले मादक पदार्थ सेवन नगरेको र प्रहरीले ब्रेथलाइजरको टुप्पोमा स्यानिटाइजर दलेका कारण अल्कोहल पोजिटिभ देखिएको जिकिर गरेका छन ।

यो घटना मिलाउन आइतबार बेलुका वडा नम्बर १३ का अध्यक्ष भुपेन्द्र दर्लामी, प्रहरी निरिक्षक कनक शाहीसँग अभियन्ता शाहीलगायत अन्य एक दर्जनको बैठक बसेको थियो ।

बैठकका क्रममा शाहीको टोलीले मिलापत्रका लागि निवेदन दिएपछि प्रहरी हिरासतमा रहेका युवाहरुले टाउको फुट्ने गरी कुटेकोमा गल्ती स्वीकार गरेका थिए ।

ज्ञानेन्द्र शाहीको टोलीले पनि गल्ती स्वीकार गरेपछि मिलापत्र गरिएको थियो । त्यस लगत्तै प्रहरी हिरासतमा रहेका युवाहरु छुटेका छन् । डिस्चार्ज भए पनि प्रदेश अस्पतालमा उपचाररत भन्दै बसेका शाहीको टोली स्थानीय सत्कार होटलमा बस्न गएको छ ।

images
प्रकाशित मिति :जेठ ३१, २०७८ सोमवार - ०९:४०:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology