Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

युरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदै 

युरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदै 

images

एजेन्सी

२९, जेठ २०७८
युरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदै 
images

१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज विभिन्न तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’दुई खेल हुनेछ । आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेको वेल्स र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ ।

यीदुई टोली बीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ मा सुरु हुनेछ  । यस्तै समूह ‘बी’को पहिलो खेलमा डेनमार्क र फिनल्याण्ड बीच खेल हुनेछ । यीदुई टोलीबीचको खेल राति ९ः४५ मा सुरु हुनेछ भने समूहको दोस्रो खेलमा बेल्जियम र रुस बीच प्रतिस्पर्धा हुनेछ । रुसमा हुने दुई टिमबीचको खेल राति १२ः४५ मा सुरु हुनेछ । यस अघि हिजो भएको खेलमा इटालीले जितहातपारेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा इटालीले विजयी सुरुवात गरेको हो । रोममा भएको खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो । यस जितसँगै समूह ‘ए’ को इटाली पहिलो खेलमा महत्वपूर्ण ३ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ ।

टर्कीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । टर्की पुछारमा रहेको छ ।

images
प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - १०:२७:२० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology