Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

काँग्रेस पदाधिकारीको बैठक दिउँसो बुढानीलकण्ठमा बस्दै 

काँग्रेस पदाधिकारीको बैठक दिउँसो बुढानीलकण्ठमा बस्दै 

images

इच्छाकामना न्युज

२९, जेठ २०७८
काँग्रेस पदाधिकारीको बैठक दिउँसो बुढानीलकण्ठमा बस्दै 
images

काठमाण्डौ, २९ जेठ । पार्टीको आगामी महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो २ बजेपछि बैठक सुरु हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि कसरी अघि बढ्ने भन्ने बारेमा रायसल्लाहका लागि पदाधिकारी बैठक बोलाइएको जनाइएको छ ।

पूर्व निर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन सुरु गर्नुपर्ने भए पनि अहिलेसम्म क्रियाशील सदस्यताको टुङ्गो लागेको छैन । झण्डै ८ लाख क्रियाशील सदस्यको विवरण डेटा सिस्टममा इन्ट्री भएको छ, तर त्यसलाई प्रकाशित गरेर उजुरी समेत आह्वान गर्न बाँकी छ ।

images
प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - १०:१३:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology