Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

माधव नेपाल पक्ष छोडेका पहाडी गाविस अध्यक्षदेखि मन्त्रीसम्म

माधव नेपाल पक्ष छोडेका पहाडी गाविस अध्यक्षदेखि मन्त्रीसम्म

images

एसपि गौरव

२७, जेठ २०७८
माधव नेपाल पक्ष छोडेका पहाडी गाविस अध्यक्षदेखि मन्त्रीसम्म
images

सर्लाही, २७ जेठ । सिन्धुली क्षेत्र नम्बर १ को प्रतिनिधि सभासदस्य गणेश पहाडी सामान्य प्रशासन मन्त्री बन्नुभएको छ । एमाले विवादमा खनाल–नेपाल समुह छोडेर अध्यक्ष ओली समुहमा आउनु भएका सांसद पहाडीले बिहीबार पद तथा गोप्यनियताको सपथ लिनु भएको हो ।

करिब तीन दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित हुनुभएका पहाडी बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बननु भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गर्नुभएको मन्त्रिपरिषदमा उहाँले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । 

नवनियुक्त मन्त्री पहाडी विसं। २०७४ को चुनावमा सिन्धुली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका उहाँ दोस्रो संविधान सभाको चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । त्यसअघि उहाँ विसं. २०५४ मा खाङसाङ गाविसमा अध्यक्षका रूपमा निर्विरोध निर्वाचित हुनुभएको थियो । 

पार्टीमा उहाँ विसं। २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुनुभएको थियो । विसं। २०३९ मा अनेरास्ववियु एकता ९पाँचौँ० बाट राजनीति सुरु गर्नुभएका पहाडी विसं. २०४८ मा नेकपा ९एमाले० को सिन्धुली काठमाण्डौ सम्पर्क मञ्चको संयोजक समेत हुनुभएको थियो । उहाँ विसं। २०६५ मा सिन्धुली जिल्ला कमिटी सचिव र विसं। २०६६ मा सिन्धुली जिल्ला संयोजक हुनुभएको थियो । 

स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएका उहाँ दुवै पटक सांसद् हुँदा प्रतिनिधि सभाको विकास समितिको सदस्य हुनुभएको थियो । यसअघि गएको पुसमा प्रधानमन्त्री ओलीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारमा गणेश सिंह ठगुन्नाले यो मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । 

विस्तारित मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले पहाडीलाई महत्त्वपूर्ण मानिने मन्त्रालय सामान्य प्रशासनको जिम्मेवारी दिनु भएको छ । पहाडी केही साता अघिमात्रै खनाल नेपाल समुह छाडेर ओली समुहमा लाग्नु भएको थियो । 

विकास समितिमा हुँदा सांसद पहाडीले देशभर रहेका ठेकेदार कम्पनीहरु जसले निर्धारित समयमा आफुले लिएको ठेक्काको काम पुरा नगर्ने ठेकेदार कम्पनीहरुलाई कार्बाही गर्नु पर्ने माग राख्नुभएको थियो ।

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - २२:०८:११ बजे

एसपि गौरव

पत्रकार एसपि गौरव इच्छाकामना न्युजको सर्लाही प्रतिनिधी हुन्। उहाँ सामुदायिक रेडियो मध्य तराईको स्टेशन प्रमुखमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology