Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

प्रधानमन्त्रीले बी एण्ड सीलाई जबरजस्ती सम्बन्धन दिन लागेको भन्दै डा.केसीको विरोध 

प्रधानमन्त्रीले बी एण्ड सीलाई जबरजस्ती सम्बन्धन दिन लागेको भन्दै डा.केसीको विरोध 

images

इच्छाकामना न्युज

२७, जेठ २०७८
प्रधानमन्त्रीले बी एण्ड सीलाई जबरजस्ती सम्बन्धन दिन लागेको भन्दै डा.केसीको विरोध 
images

काठमाण्डौ, २७ जेठ । प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट मेडिकल कलेजलाई सम्बन्धन दिन लागेकोमा विरोध गर्नु भएको छ । चिकित्सा शिक्षा सुधारका अभियन्ता रहनुभएका डा.केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि चिकित्सा शिक्षा आयोगको बैठक राखेर बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन खोजेको भन्दै विरोध गर्नु भएको हो ।

आज विज्ञप्ति जारी गर्दै उहाँले सम्बन्धनसम्बन्धी निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको भन्दै यो विधिको शासनविरुद्ध अक्ष्यम्य अपराध हुने बताउनुभयो । केसीले चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस खालको निर्णय प्रक्रियामा संलग्न नहुन तथा त्यसलाई रोक्न चिकित्सा शिक्षा आयोगका सदस्यहरुलाई आग्रह पनि गर्नुभएको छ ।

केसीले आफू हाल द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरुमा सेवा दिएर नेपाल फर्कने तयारीमा रहेको भन्दै सम्बन्धन दिएमा अनसन बस्ने चेतावनी समेत दिनुभएको छ ।

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - २०:१६:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology