Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

देशभरका स्थानीय तहले अनलाईन विधिबाट भर्ना अभियान थाल्ने 

देशभरका स्थानीय तहले अनलाईन विधिबाट भर्ना अभियान थाल्ने 

images

इच्छाकामना न्युज

२७, जेठ २०७८
देशभरका स्थानीय तहले अनलाईन विधिबाट भर्ना अभियान थाल्ने 
images

चितवन, २७ जेठ । आगामी असार १ गतेदेखि शैक्षिक सत्र २०७८ सुरु हुँदैछ । अधिकांश विद्यालय १ असारबाट भर्ना र पाठ्यपुस्तक वितरण कार्यक्रम अघि बढाउने तयारीमा छन् ।

शिक्षा मन्त्रालयले समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनका लागि आवश्यक प्रबन्ध मिलाउन र महामारी सामान्य नभएसम्मका लागि वैकल्पिक विधि (अनलाइन कक्षा) बाट शैक्षिक कार्यक्रम अगाडि बढाउन आफ्ना विभागहरुलाई निर्देशन दिइसकेको छ । स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रका विद्यालयहरुलाई मन्त्रालयको निर्देशन अनुसार भर्ना अभियान सुरु गर्न भनेका छन् ।

यसअनुसार सबै विद्यालयले जेठ मसान्तसम्ममा आन्तरिक मूल्याङ्कनको परीक्षाफल प्रकाशित गरी १ असारबाट भर्ना अभियान सुरु गर्नु पर्नेछ । शिक्षा मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न पाठ्यपुस्तकको लागि सबै सामुदायिक विद्यालयलाई रकम निकासा गरिसकेको र नेपाल टेलिकमको क्लोजर युजर ग्रुप (सियुजी) प्याकेज प्रयोग गर्ने तयारी भइरहेको मन्त्रालयले बताएको छ ।

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - २०:१४:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology