फ्रान्समा दोहो¥याएर लकडाउनको घोषणा गरिएको छ। कोरोनामहामारीको दोस्रो चरणको लहर सुरु भएको भन्दै राष्ट्रपति इम्यानुएल म्याक्रोले भोलिदेखि लागू हुने गरि दोस्रो पटक राष्ट्रव्यापी लकडाउनको घोषणा गर्नुभएको हो।
भोलिदेखि लागू हुने लकडाउन एक महिनासम्म रहनेछ। लकडाउनको क्रममा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ। रेस्टुरेन्ट, बारसहितका अत्यावश्यक भन्दा बाहिरका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु पनि खुला हुने छन्। यसअघि कोरोना भाइरस महामारीको सुरुमा फ्रान्समा मार्चमा पहिलोपटक लकडाउन भएको थियो।
त्यो बेला दुई महिना लकडाउन लागु भएको थियो। फ्रान्समा पछिल्लो दिनमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या अप्रिल यताकै धेरै भएको छ। दैनिक ३० हजार भन्दा बढी सङ्क्रमित थपिने गरेका छन् ।युरोपमा कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भएको छ।
जर्मनी, बेल्जीयम, स्पेन लगायतका मुलुकमा कोरोनाको दोस्रो चरणको लहर सुरु भएपछि लकडाउन सहितका विभिन्न प्रतिबन्ध जारी गरिएको छ।