बिनोद शर्मा, काठमाडौ, २७ जेठ । नेपालका ९ दशमलव ५ प्रतिशत अर्थात झण्डै २५ लाख नागरिकमा अझै आधारभुत खानेपानीको सुविधा पुग्न सकेको छैन । खानेपानीको अभावमा नागरिकले विभिन्न समस्या भोग्नुपरेको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ झ्यारी गाउँमा ४ वर्ष अघिदेखि सुरु भएको खानेपानी योजना अलपत्र छ । नगरपालिका र विभिन्न संघ संस्थाको सहकार्यमा धारा र पाइप जडान भए पनि धारामा पानी आएको छैन ।
जसकाकारण एक सय ३० घरधुरीलाई खोलाको पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय रतन बहादुर रावलले बताउनुभयो । त्यस्तै भोजपुरको षडानन्द नगरपालिकाका ७५ प्रतिशत भन्दा बढी नागरिक स्वच्छ खानेपानीको पहुँचमा छैनन् ।
नगरपालिकाले ४, ५, ६, ७, ८ र ९ नम्बर वडाका ३ हजार घरधुरी समेट्ने गरी यस आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन बनाएर आगामी वर्ष लमुखोला खानेपानी आयोजना निर्माणको काम सुरु गर्न लागेको नगर प्रमुख वीरवल राईले सीआईएनलाई बताउनुभयो ।
हालसम्म नेपालका ९१ दशमलब ५ प्रतिशत नागरिकमा मात्रै आधारभुत खानेपानीको पहुँच पुगेको छ । बजेट मार्फत सरकारले आगामी बर्ष भित्रै सबै नागरिकमा आधारभूत पानीको पहुँचमा पु¥याउने लक्ष्य राखेको छ।
जसका लागि सरकारले आगामी वर्ष सबै नागरिकलाई आधारभूत खानेपानी तथा सरसफाइ सेवा पु¥याइने घोषणा गरेको छ भने एक घर एक धाराको अवधारणा कार्यान्वयन गरी गुणस्तरीय खानेपानी सेवाको पहुँचबिस्तार गर्ने पनि बजेटमा उल्लेख छ ।