भारत सरकारले निजी अस्पतालका लागि कोरोनाविरुद्धको खोपको मूल्य निर्धारण गरेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले निजी अस्पतालले दिने कोरोनाविरुद्धको खोपको मूल्य तोकेको हो ।
जस अनुसार अब निजी अस्पतालले बायोटेकको कोभ्याक्सिन खोपको मूल्य बढीमा प्रतिडोज १ हजार १ सय ४० भारतीय रुपैयाँ लिन पाइनेछ भने सेरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभिसिल्डको मूल्य बढीमा प्रतिडोज ७ सय ८० भारु तोकिएको छ ।
त्यस्तै रुसी खोप स्पुतनिक भीको मूल्य प्रतिडोज १ हजार १ सय ४५ तोकिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले निजी खोप केन्द्रले उचित शुल्कभन्दा धेरै लिएको पाइएमा कडा कारबाही गरिने चेतावनी समेत दिएको छ । मन्त्रालयले राज्य र स्थानीय अधिकारीहरुलाई पनि निरन्तर अनुगमन गर्न आग्रह गरेको छ ।