सुसिला श्रेष्ठ, काठमाडौं, २६ जेठ । असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन जारी गरिसकेको छ । निषेधाज्ञाका बिच असार १ देखि शैक्षिक सत्र सुरु गर्न स्थानीय सरकार र विद्यालयले तयारी गरिरहेका छन् ।
वुद्दआदर्श माध्यामिक विद्यालय भद्रपुर झापाले २०७७ सालको शैक्षिक शत्रको बार्षिक परिक्षा सञ्चालन गर्न सकेन । आन्तरिक मुल्यांकनका आधारमा जेठ ३० गते नतिजा प्रकाशन गर्ने तयारी विद्यालयको छ ।
असार १ गतेबाट नयाँ भर्ना अभियान सुरु गरेपनि पढाई भने सुरु गरिहाल्ने अवस्था नरहेको विद्यालयका प्रधानाध्याक कृष्ण राज भण्डारीले बताउनु भयो । चन्द्र माध्यामिक विद्याल सिरहाले पनि नतिजा प्रकाशन गरेको छैन ।
विद्यालयले कक्षा ८ बाहेक कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशनको तयारी गरिरहेको छ । नतिजा प्रकाशन पछि विद्यार्थी भर्ना गरि बैकल्पीक प्रणालीबाट कक्षा सञ्चालन गर्ने योजना विद्यालयको रहेको प्रधानाध्यापक नदुसुदन कर्णले बताउनुभयो ।
६६ वटा सामुदायीक र ५ वटा संस्थागत विद्यालय रहेको मन्थली नगरपालिका रामेछापले जेठ ३० गते एकै दिन सवै विद्यालयलाइ नतिजा प्रकाशन गर्न भनेको छ । असार २ गतेवाट भौतीक दुरी कायम गरि विद्यालय भर्ना अभियान सञ्चालन गरिने पालीकाका शिक्षा शाखाका प्रमुख शौभाग्य न्यौपानेले बताउनुभयो ।
५८ सामुदायीक ३ संस्थागत विद्यालय रहेको जोरायल गाउँपालिका डोटिका सवै विद्यालयले नतिजा प्रकासन गरिसकेका छन् । कोरोना सङ्क्रमणको दर पनि कमै रहेका कारण भौतिक रुपमै आलोपालो गरि विद्यालय सञ्चालन गर्न सकिने अवस्था छ । तर कक्षा सञ्चालन गर्ने या नगर्ने विषय अहिले नै टुङ्गो लागि नसकेको पालिकाका शिक्षा अधिकृत तेज वहादुर खत्रिले बताउनुभयो ।
शिक्षा मन्त्रालयले वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउन निर्देशन दिइसकेको छ । शिक्षा मन्त्रालयले एसईईको आन्तरिक मूल्याङ्कन लगायतको विषयमा कार्यविधि तयार गरि जेठ महिनाभित्रै जारी गरिने जनाएको छ भने एक साता भित्रै नयाँ पाठ्य पुस्तक विद्यालय सम्म पु¥याउने तयारी गरेको प्रवक्ता दिपक शर्माले सीआईएनलाइ जानकारी दिनुभयो ।
देश भर सामुदायिक र संस्थागत गरि ५३ हजार बढि विद्यालय छन् । असार १ गते देखि पठनपाठन सुरु गर्न नसकेपनि विद्यार्थी भर्नाको काम भने सुरु गर्ने विद्यालयको तयारी छ ।