Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विश्वमा कोरोना सङ्क्रमितको संख्या १७ करोड ४७ लाख नाघ्यो 

विश्वमा कोरोना सङ्क्रमितको संख्या १७ करोड ४७ लाख नाघ्यो 

images

एजेन्सी

२६, जेठ २०७८
विश्वमा कोरोना सङ्क्रमितको संख्या १७ करोड ४७ लाख नाघ्यो 
images

विश्वमा कोरोना सङ्क्रमितको संख्या १७ करोड ४७ लाख ३८ हजार ७६२ पुगेको छ । बितेको २४ घण्टामा विश्वमा ३ लाख ५९ हजार १२७ जना सङ्क्रमित थपिएको वल्र्डमिटर्सले जनाएको छ । सोही अवधिमा १० हजार १६४ जना सङ्क्रमितको मृत्यु भएको छ ।

अहिले विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ लाख ६२ हजार ५७० पुगेको छ । अहिलेसम्म १५ करोड ८४ लाख ३८ हजार २६७ जनाले कोरोनालाई जितेका छन् ।

सक्रिय सङ्क्रमित १ करोड २५ लाख ३७ हजार ९२५ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररत ८५ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा ३ करोड ४२ लाख ४२ हजार ८६६ जनामा सङ्क्रमण फैलिएको छ । सङ्क्रमित ६ लाख १३ हजार ५२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै भारतमा २ करोड ९० लाख ८८ हजार १७६ जनामा सङ्क्रमण हुँदा ३ लाख ५३ हजार ५५७ जनाले ज्यान गुमाएका छन् । २ करोड ७४ लाख ९६ हजार १९८ जनाले कोरोनालाई जितेका छन् ।

images
प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - १०:१३:४९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology