Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नयाँ शैक्षिक सत्र सञ्चालनमा विद्यालयहरुमा अन्यौलता 

नयाँ शैक्षिक सत्र सञ्चालनमा विद्यालयहरुमा अन्यौलता 

images

इच्छाकामना न्युज

२६, जेठ २०७८
नयाँ शैक्षिक सत्र सञ्चालनमा विद्यालयहरुमा अन्यौलता 
images

काठमाण्डौ, २६ जेठ । सरकारले असार १ गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न निर्देशन दिएपनि विद्यालयहरु भने अन्यौलमा छन् । शैक्षिक सत्र २०७७ सालको नतिजा प्रकाशन गर्न नसकेका विद्यालयमा  नयाँ शैक्षिक सत्र कसरी सञ्चालन गर्ने भन्ने अन्यौलता देखिएको छ ।

जेठ ३० गते नतिजा प्रकाशन गरी असार १ गतेबाट भर्ना अभियान सुरु गरेपनि पढाई भने सुरु गरिहाल्ने अवस्था नभएको वुद्दआदर्श माध्यामिक विद्यालय भद्रपुर झापाका प्रधानाध्यापक कृष्णराज भण्डारीले बताउनुभयो । ६६ वटा सामुदायीक र ५ वटा संस्थागत विद्यालय रहेको रामेछापको मन्थली नगरपालिकाले जेठ ३० गते एकै दिन सवै विद्यालयलाई नतिजा प्रकाशन गर्न भनेको छ ।

असार २ गतेवाट भौतीक दुरी कायम गरि विद्यालय भर्ना अभियान सञ्चालन गरिने पालीकाका शिक्षा शाखाका प्रमुख शौभाग्य न्यौपानेले बताउनुभयो । डोटीको जोरायल गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा  पनि असार १ गतेबाट कक्षा सुरु गर्ने वा नगर्ने भन्ने विषयमा टुङ्गो लागि नसकेको पालिकाका शिक्षा अधिकृत तेज वहादुर खत्रिले जानकारी दिनुभयो ।

सबै विद्यार्थीमा इन्टरनेटको सुविधा नभएको हुनाले वैकल्पिक शिक्षाको पनि सम्भावना नभएको खत्रीको भनाई छ । शिक्षा मन्त्रालयले भने वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउन निर्देशन दिइसकेको छ । त्यसका लागि एक साता भित्रै नयाँ पाठ्य पुस्तक विद्यालय सम्म पु¥याउने तयारी भएको शिक्षा,विज्ञान तथा प्रविधी मन्त्रालयका प्रवक्ता दिपक शर्मा बताउनुभयो । 

images
प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - १०:०८:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology