Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आजदेखि ६० देखि ६४ वर्षका नागरिकलाई कोरोना विरुद्धको खोप

आजदेखि ६० देखि ६४ वर्षका नागरिकलाई कोरोना विरुद्धको खोप

images

इच्छाकामना न्युज

२५, जेठ २०७८
आजदेखि ६० देखि ६४ वर्षका नागरिकलाई कोरोना विरुद्धको खोप
images

काठमाण्डौं, २५ जेठ ।
आजदेखि देशभर भेरोसेल खोप लगाउन सुरु गर्दैछ ।

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप  भेरोसेल काठमाण्डौ उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिनुभयो ।
खोपको उपलब्धताका आधारमा काठमाण्डौ उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेरकालाई खोप दिन लागेको पनि डाक्टर गौतमले बताउनुभयो । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक आठ लाख ५४ हजार रहेकाले खोपको दोस्रो मात्रा नपुग्ने देखिएको छ ।

हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने छ । डाक्टर गौतमले खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर केन्द्रमा जानसमेत आग्रह गर्नुभयो ।

 

images
प्रकाशित मिति :जेठ २५, २०७८ मंगलवार - ०८:५०:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology