Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

 कक्षा १० मा लिइने एसईई खारेज गर्न सरोकारवालाको माग

 कक्षा १० मा लिइने एसईई खारेज गर्न सरोकारवालाको माग

images

इच्छाकामना न्युज

२५, जेठ २०७८
 कक्षा १० मा लिइने एसईई खारेज गर्न सरोकारवालाको माग
images

काठमाण्डौं, २५ जेठ ।
माध्यमिक शिक्षा कक्षा १२ सम्म लागू भएकाले १० कक्षामै लिइने एसईई परीक्षा खारेज हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले करोडौँ लगानी गरेर उपलब्धि नहुने भएकाले एसईई खारेज गर्नुको विकल्प नभएको पनि बताएका छन्  ।

काठमाण्डौमा भएको कार्यक्रममा शिक्षाविद् डा.विष्णु कार्कीले संविधान जारी भएर लागू भएकै दिनदेखि एसईई खारेज हुनुपर्नेमा शिक्षामन्त्रालयको कमजोर नेतृत्व र एसईईका नाममा केही व्यक्तिलाई राष्ट्रिय परीक्षा बोर्डमा जागिर दिने काम मात्रै भइरहेको बताउनु भयो।

एसईई परिक्षा संविधानको विपरीत रहेको, विद्यार्थी र अभिभावकमाथि अन्याय भइरहेको कार्कीको भनाइ छ । यस्तै परीक्षाविद् प्राध्यापक डाक्टर दिव्यमान कर्माचार्यले एसईई खारेज गर्नेबारे पटक(पटक छलफल र कुरा उठे पनि सरकारले गम्भीरताका साथ नलिएको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय अभिभावक महासङ्घका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले एसईईका नाममा विद्यार्थीबाट रकम उठाएर आर्थिक शोषण गर्ने काम भइरहेको बताउनु भयो । विद्यार्थीलाई मानसिक तनाव दिने, अभिभावकलाई आर्थिक भार पार्ने र जहिल्यै हाउगुजी बनाउने काम भएको भण्डारीको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले शिक्षा ऐनका कारण एसईई खारेज गर्न नसकिने बताउनु भयो । शिक्षा ऐनमा एसईई सञ्चालन गर्नुपर्ने प्रावधान रहेको र नयाँ ऐन नल्याएसम्म यो पद्धति हटाउन नसकिने उहाँको भनाइ छ । 

images
प्रकाशित मिति :जेठ २५, २०७८ मंगलवार - ०८:४५:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology