Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

लालबन्दी नगरपालिकामा आएको बजेटमाथी सामाजिक सञ्जालमा भ्रामक प्रचार बाजी भयोः नगर प्रमुख खड्का

लालबन्दी नगरपालिकामा आएको बजेटमाथी सामाजिक सञ्जालमा भ्रामक प्रचार बाजी भयोः नगर प्रमुख खड्का

इच्छाकामना न्युज

२३, जेठ २०७८
लालबन्दी नगरपालिकामा आएको बजेटमाथी सामाजिक सञ्जालमा भ्रामक प्रचार बाजी भयोः नगर प्रमुख खड्का

एसपी गौरव, सर्लाही, २३ जेठ । सामाजिक सञ्जालमा विभिन्न प्रचारबाजी गरिएको भन्दै  सर्लाहीको लालबन्दी नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ।  नगरपालिकामा आएको बजेटको विषयमा विभिन्न व्यत्तीहरुले सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रचारबाजी गरेको भन्दै आज लालबन्दी नगरपालिकाका नगरप्रमुख मान बहादुर खड्काले एक ध्यानाकर्षण पत्र जारी गर्नु भएको छ । 

images

नेपाल सरकारद्वारा आव २०७८÷०७९ को सार्वजनिक गरिएको बजेट वक्तव्य तथा कार्यक्रममा लालबन्दी नगरपालिका अन्र्तगत स्वीकृत भएको विषेश अनुदान, समपुरक अनुदान, सर्शत अनुदान,तराई मधेश समृद्धि कार्यक्रम तर्फबाट विनियोजन भएको विभिन्न योजनाहरु तथा कार्यक्रमहरु विभिन्न व्यक्तिहरुको पहल र समन्वयमा छनोट भएको र यस कार्यक्रममा नेपाल सरकार र स्थानिय तहका जिम्मेवार कर्माचारीहरुको नाम र पद जोडी प्रचार प्रसार भएकोप्रति नगरपालिकाको गंभिर ध्यानाकर्षण भएको भन्दै सुचना जारी गरेको हो ।

नेपाल सरकारबाट प्रत्येका आवमा विनियोजन हुने विषेश अनुदान, समपुरक अनुदान, सर्शत अनुदान, तराई मधेश समृद्धि कार्यक्रम तर्फबाट छनोट हुने कार्यक्रमहरु तथा विभिन्न योजनाहरु सम्बन्धीत मन्त्रालय तथा कार्यालयहरुबाट प्रस्ताव आह्वानको सार्वजनिक सुचना प्रकाशन भई नगरपालिकाद्वारा प्रस्ताव गरिएको कार्यक्रमहरु तथा योजनाहरु मध्यबाट छनोट गरि सोही अनुसार बजेट विनियोजन हुने कानुनी व्यावस्था रहेको भएपनि केही व्यत्तिहरुले आफुहरुले योजना बनाएर प्रस्ताव गरेर सिफारीस गरेको बजेट ल्याएको सामाजिक सञ्जालमा चर्चासुरु गरिएको भन्दै आफ्नो गंभिर ध्यानाकर्षण भएको नगर प्रमुख खड्काले बताउनु भयो । उहाँका अनुसार नेपालको कानुनसंगत नगरपालिकाद्धारा प्रस्ताव गरिएको कार्यक्रमहरु तथा योजनाहरु मध्यबाट छनोट गरि सोही अनुसार बजेट विनियोजन भएको हो ।

लालबन्दी नगरपालिकाले प्रत्येक वर्ष उल्लेखित शिर्षकहरुमा बजेट प्राप्त गर्दै आई रहेको र  कार्यक्रमहरु नेपाल सरकारका नियमित कार्यक्रमहरु रहेका नगरउप प्रमुख शान्ती लामाले बताउनु भयो । कोही कसैले सामाजिक सञ्जालमा विभिन्न कार्यक्रमहरु कसैको पहल कदमीमा छनोट भएकोर बजेट विनियोजन भएको भन्ने जस्ता भ्रामक,प्रचारबाजी र हल्लाले सर्वसाधारलई झुक्याउने र सस्तो प्रचारबाजी बाहेक अरु केही नभएको नगरपालिकाले जनाएको छ । साथै त्यस्ता सस्तो लोक प्रयिताका लागि गरिएका भ्रामक प्रचारबाजीको पछि नलाग्न सरोकारवाला निकाय,नगरबासी र सम्बन्धीत सबैको ध्यानाकर्षण गराएको नगर प्रमुख खड्काद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

images
प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - २२:०४:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology