दाङ, २३ जेठ ।
एक लाख ३९ हजार रुपैयाँ नगद र एक गड्डी ताससहित दाङमा जुवाको खालबाट ६ जना पक्राउ परेका छन् ।
शनिवार बेलुका घोराही उपमहानगरपालिका–१५ मा रहेको एक होटलमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको टोलीले होटल सञ्चालकसहित ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङ जनाएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।